मंसिर अन्तिममा ‘लामागाउँ कप’ हुँदैं, उपाधि राशी १ लाख १ हजार १ सय ११
पाेखरा | मंसिर २, २०८१
पोखरा महानगरपालिका १ पुरानो टुडिखेलमा दोस्रो संस्करणको खुला ‘सेभेन ए साइड लामागाउँ कप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
लामागाउँ गुम्बा एफसी र बुद्ध तामाङ आमा समूहको सँयुक्त आयोजनामा आगामी मंसिर २९ गतेदेखि पुरानो टुडिखेलमा प्रतियोगिता आयोजना हुने भएको हो ।
उक्त प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले नगद रु ६० हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछ ।
प्रतियोगितामा विधागत तर्फ सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई पुरस्कृत गरिने छ ।
प्रतियोगितामा सहभागी जनाउनका लागि ६ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । भने, टिम दर्ता फोनमार्फत (९८०४१६३१२२, ९८०५८५७२०८ र ९८२४१२५०७५) गर्न सकिने आयोजकले जनाएको छ ।

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

